– पेम्बा गेलु शेर्पा, लिस्बन |
पोर्तुगलमा बस्ने सबै गैह्र आवासीय नेपालीहरुको साझा सस्था भनेर आफुलाइ दावी गर्ने NRNA पोर्तुगलले एउटै बिज्ञप्ति आफ्नो फेसबुक पेजमा ४-४ पटकसम्म राख्दै हटाउदै गरेर आफ्नो अपरिपक्वताको पराकाष्ठा प्रदर्शन गरेका छन ।
बिषय उपाध्यक्ष अशोक गुरुङ्ले महासचिव हेमराज सुवेदिलाइ हातपात गरेको भन्ने बारेमा सस्थाको लेटरप्याडमा उपाध्यक्ष गुरुङ्लाइ अस्थायी रुपमा निलम्बन गरिएको आशयमा जारी प्रेस बिज्ञाप्ति यति हतारोका साथ फेसबुक पेजमा राखियो कि जसलाइ सच्चाउन ४ पटकसम्म हटाउदै पुन पोष्ट गर्नुपरेको थियो ।
पहिला बिना हस्ताक्षर जारी भएको उक्त बिज्ञप्ति ४ पटक सच्याउदा अन्तिममा अध्यक्ष तिलक गैरेको हस्ताक्षरमा जारी गरिएको छ ।
जारी बिज्ञप्तिमा पुर्ण कार्यसमितिको बैठकले उपाध्यक्ष अशोक गुरुङलाई अस्थायी रुपमा प्रतिवन्ध लगाउने निर्णय भएको भनिएको छ तर संघकै उक्त फेसबुक पेजमा प्रकाशित बैठकको निर्णयहरुमा उपाध्यक्ष गुरुङ्लाइ प्रतिवन्ध लगाउनेबारे कुनै निर्णय भएको उल्लेख भएको देखिदैन । यसबाट अध्यक्ष गैरेको हस्ताक्षरमा जारी उक्त बिज्ञाप्तिको औचित्यमाथी प्रश्न उठेको छ ।
यत्ति मात्रै होइन, सुबेदीले उपाध्यक्ष गुरुङलाई घटना भएकै राति संस्थाको ग्रुपबाट हटाएका थिए। ( हेर्नुहोस् स्क्रिन सट )
उनले आफूखुशी संघका अन्य पदाधिकारीहरुलाई पनि संस्थाको छलफल गर्ने अनलाइन ग्रुपमा हटाउने गरेका छन्। सधै निस्पक्ष धारणा राख्ने संस्थाकै सचिव यमेन्द्र घर्तिमगरलाई पनि सुबेदीले बिनाकारण ग्रुपबाट निकालिदिएका थिए। ( हेर्नुहोस् स्क्रिन सट )
यसरी जिम्मेवार सस्थाको अपरिपक्क चर्तीकला नियालिरहेका पत्रकार गणेश पाण्डेले “काइते बिज्ञप्ति”को संज्ञा दिएका छन । त्यस्तै नेपाल पत्रकार महासंघ पोर्तुगलका अध्यक्ष समेत रहेका पत्रकार योगेन्द्रमिलन छन्त्यालले संसारमै नभएको नमुना एनआरएनए पोर्तुगलमा रहेको भन्दै व्यङ्ग्य गरेका छन । नेपाली समाज पोर्तुगलका अध्यक्ष सोमफुरी शेर्पाले घटना संलग्न दुइमध्ये एकजनालाइ काखा र अर्कोलाई पाखा गर्ने कुन सस्थाको उदेश्यमा पर्छ भनेर प्रश्न गरेका छन । उनले भारी जनमतबाट निर्वाचित उपाध्यक्षलाई कार्वाहीको षड्यन्त्र गरेर भटाभट केही ब्यक्तिहरुको स्वार्थ अनुकुल निर्णयहरु गरेको आरोप समेत लगाएका छन । त्यसै गरि सामाजिक अभियान्त, एन आर एन ए पोर्तुगलका पुर्व सल्लाहकार धना शेर्पाले अहिलेको एनआरएनए पोर्तुगल बिबादै बिबाद र काण्डै काण्डले भरिपुर्ण भएकोले विघटन गरि अध्यक्षमण्डलले संचालन गर्नुपर्ने सुझाब दिएका छन ।
महासचिव हेमराज सुबेदिलाई कार्वाही गर्न उपाध्यक्षको माग :
एन आर एन ए पोर्तुगलका उपाध्यक्ष अशोक गुरुङ्ले महासचिव हेमराज सुबेदिलाइ पदको दुरुपयोग गरेको आरोप लगाउदै कार्वाही गर्न माग गरेका छन । सस्थाको आधिकारिक फेसबुक ग्रुपमा नितान्त ब्यक्तिगत आग्रह र पुर्वाग्रहबाट प्रेरित भइ सस्थाका जिम्मेवार ब्यक्तिहरुलाइ आफुखुशी हटाउने र जोड्ने काम गरिरहेको, सस्थाको कुनै निर्णय र निर्देशनबिना आधिकारिक पेजमा ब्लक गर्ने गरेको भन्दै यसरी आफ्नो पदको दुरुपयोग गर्ने महासचिव हेमराज सुवेदीलाई अविलम्ब कार्वाही गर्न उपाध्यक्ष गुरुङ्ले माग गरेका छन ।
महासचिव सुवेदीले आफुलाइ कुटपिट सम्बन्धी लगाएको आरोपको खण्डन गर्दै उपाध्यक्ष गुरुङ्ले संघमा पेश गरेको निवेदनमा भनेका छन “मैले संस्थाको बेथिति अनि गलत कार्यको बिरोध गर्दै आएको र महासचिव हुनुको नाताले सस्थामा बेथिति र गल्त कार्य हुन नदिन भुमिका खेल्नुपर्ने सुझाव मैले उपाध्यक्ष भएको नाताले दिएको थिए, र थप कुराहरू संस्थाको प्रत्यक्ष बैठक राखेर गर्नुपर्यो भनेको थिए । तर, मेरो कुराहरु उहाँलाई तितो लाग्यो वा के भयो मलाई थाहा भएन, त्यसरी कुरा गर्दै गर्दा उहाँले आक्रोशमा आएर म माथी पहिला एक्कासि जाईलागेको कुरा जानकारि गराउन चाहान्छु । त्यसरी हेमराज सुवेदी जि म माथी जाइलागेपछी मैले आफ्नो आत्मरक्षा स्वरुप उहाँलाई धकेलेको हु र उहाँ अलि पर लड्न पुग्यो।” उपाध्यक्ष गुरुङ्का अनुसार आफुले महासचिव सुवेदीलाई हातपात नगरेको बरु कुराकानीका क्रममा आफुमाथी जाइलगेपछी त्यसको प्रतिकार मात्रै आफुले गरेको भनेका छन ।
सस्थामा हुने गलत कार्य र प्रवृत्तिको सदैव बिरोध गर्दै आएकोले सस्थाभित्र रहेका केही खराब मनोवृत्तिका ब्यक्तिहरुको समुहले आफुमाथी षड्यन्त्र गरेको समेत उपाध्यक्ष गुरुङ्ले बताए । “सस्थाको आर्थिक पारदर्शिता हुनुपर्छ, जिम्मेवार सस्थाको आधिकारिक माध्यमहरु संचालनमा केटाकेटीको भाडाकुडी खेल्ने शैली देखिनुहुन्न भनेर सदैव आवज उठाउदै आए, सस्थाकै वरिष्ठ उपाध्यक्षले सस्थाकै सदस्यहरूमाथी नै सार्वजनिक स्थानहरूमा दुइदुइ चोटि कुटपिट गर्दा त्यसको खुलेर बिरोध गरे, तर त्यो बेला परेको उजुरीमाथी छलफल हुन मात्रै पनि महिनौ समय कुर्नुपर्यो र पिडितले अहिलेसम्म न्याय पाएका छैनन्, तर अहिले आफुमाथी कपोकल्पित आरोप लाग्दा समेत एकपक्षीय कुरा सुनेर रातारात निर्णय भएको भन्दा म आश्चर्यचकित भएको छु” उपाध्यक्ष गुरुङ्ले भने । “यसबाट के पुष्टि हुन्छ भने अहिलेको एन आए एन पोर्तुगल, सस्थाभित्र रहेका केही खराब मनोवृत्ति बोकेका मुठ्ठीभर मान्छेहरूले मात्रै आफ्नो स्वार्थ अनुकुल संचालन गरिरहेका छन”, उनले थपे ।
बिगतदेखिनै विभिन्न ठगी र कुटपिटको काण्डहरुमा मुछिदै बिबादित छवि बनाएका एन आर एन ए पोर्तुगलका महासचिव हेमराज सुवेदिले अहिले आफ्नो स्वार्थ अनुकुल पदको दुरुपयोग गरेको भन्नेमा उपाध्यक्ष गुरुङ मात्रै नभएर संघका अधिकाङ्श पदाधिकारी सदस्यहरूको बुझाइ रहेको छ, तर पनि उनको यो गलत प्रवृत्तिमा अध्यक्ष तिलक गैरे स्वयंले नै साथ दिइरहेका छन ।