लिस्बन।
पोर्चुगलमा पछिल्लो २४ घण्टा अर्थात शुक्रवार मात्रै कोरोनाबाट ८८४ जना संक्रमित भएका छन् भने ८ जनाले ज्यान गुमाएका छन्। अघिल्लो दिन बिहिबार ८९९ जना संक्रमित भएका थिए भए ५ जनाको मृत्यु भएको थियो।
सेप्टेम्बर शुरुबाट नै पोर्चुगलमा कोरोनाका संक्रमितहरुको संख्या उकालो लागेको हो।
पछिल्लो २४ घण्टाका संक्रमितहरुको संख्या संगै हालसम्म ७२ हजार ९३९ जना संक्रमित भएका छन्।
पछिल्लो २४ घण्टामा ज्यान गुमाउने ८ जनामा ६ जना लिस्बनमा, एक जना उत्तरी क्षेत्रमा, र एक जना मध्यक्षेत्रका रहेका छन्।
पोर्चुगलमा हालसम्म कोरोनाकै कारण एक हजार ९४४ जनाले ज्यान गुमाईसकेका छन्।
कोरोना संक्रमणपछि उपचार पश्चात निको हुनेको संख्या ४७ हजार ३८० जना पुगेको छ।
पोर्चुगलमा अझै पनि २५ हजार ५५९ जना कोरोनाका सक्रिय बिरामी छन्। उनीहरुमध्ये ६१५ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ। ८५ जना बिरामीको आइसियुमा उपचार भईरहेको छ।