पोर्चुगलमा कोरोना : एकै दिन १२ को मृत्यु, ९६३ संक्रमित

लिस्बन।

पोर्चुगलमा एकैदिन कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ।

शुक्रवार मात्रै ९६३ जना कोरोनाक नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य महानिर्देशनालयका अनुसार सो संख्या अहिलेसम्मकै तेश्रो उच्च हो।

पोर्चुगलमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार ९९५ पुगेको छ। त्यस्तै ७८ हजार २४७ जना संक्रमित भएका छन्।

सक्रिय संक्रमितहरु अझै पनि २६ हजार ४०७ रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार