लिस्बन।
पोर्चुगलकै प्रसिद्ध र ठुलो मानिएको पोर्तो बिश्वबिद्यालयका ७९ जना बिद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमित बिद्यार्थीहरु विभिन्न संकाय र बिषयको अध्ययन गर्नेहरु रहेको बिश्वबिद्यालय सूचना विभागले जनाएको छ।
पोर्चुगलकै प्रसिद्ध र ठुलो मानिएको पोर्तो बिश्वबिद्यालयमा संसारभरका करिब ४० हजार बिद्यार्थीहरु अध्ययन गर्दछन। बिहिबारसम्म ४१ जना बिद्यार्थीमा कोरोना पुष्टि भएको थियो। शुक्रबार मात्रै थप ३८ जनामा कोरोना पुष्टि भएपछि संक्रमित बिद्यार्थीहरुको संख्या ७९ पुगेको हो।
बिश्वबिध्यालयको सूचना विभागले जारी गरेको बिज्ञप्तिमा भनिएको छ , ” कोरोना संक्रमण बिश्वबिद्यालय अन्तरगतका अधिकांस क्याम्पस र संकायमा फैलिएको छ। ”
त्यस्तै पोर्तो पोलिटेक्निक इन्स्टिच्युटका २० जना बिद्यार्थीमा पनि कोरोना पुष्टि भएको छ।