सम्झना अधिकारी, लिस्बन।
पोर्चुगलमा कोरोना संक्रमितको संख्यामा डरलाग्दो रफ्तारमा वृद्धि भएको छ। पछिल्लो २४ घण्टामा अहिलेसम्म सम्मकै ठुलो संख्यामा संक्रमित पुष्टी भएको स्वास्थ्य महानिर्देशनायलले जनाएको छ।
पछिल्लो २४ घण्टामा एक हजार ६४६ जना संक्रमित भएका छन्। संक्रमितहरुको यो संख्या अहिलेसम्मकै उच्च हो। यसघि अप्रिल १० तारिखमा एक हजार ५१६ जनामा संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य महानिर्देशनालयका अनुसार कुल संक्रमितहरुको संख्या ८५ हजार ५७४ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ जनाले ज्यान गुमाएका छन्। यो संगै कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या २ हजार ६७ पुगेको छ।
स्वास्थ्य महानिर्देशनालयका अनुसार हालसम्म ५२ हजार ८०३ जना संक्रमित निको भईसकेका छन्। पछिल्लो २४ घन्टामा मात्रै ६३९ जना कोरोनामुक्त भएको तथ्यांक छ।
संक्रमितहरुमध्ये ८३१ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ। जसमध्ये १२२ जनाको अवस्था चिन्ताजनक रहेको र आइसीयुमा उपचार भईरहेको छ।
स्वास्थ्य महानिर्देशनालयको शुक्रवारको नियमित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार पुष्टि भएका १६४६ जना संक्रमितहरुमध्ये ९२० जना उत्तरीक्षेत्रमा , ५४६ लिस्बनमा , १५५ जना मध्यक्षेत्रमा ,अल्गार्भमा ८ जना र अलेन्तेजोमा ८ जना रहेका छन्।
त्यस्तै मदेइरामा ७ जना र असोरेसमा २ जना नयाँ संक्रमितहरुको पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा ज्यान गुमाएका ५ जनामध्ये २ जनाको मृत्यु लिस्बनमा, उत्तरीक्षेत्रमा २ जना र अल्गार्भमा १ जना रहेका छन्।