पोर्चुगल : हाईड्राइभ नेपालीहरुलाई कोरोना संक्रमण, समुदायमा तिब्र गतिमा फैलिदै कोरोना !

गणेश पाण्डेय, लिस्बन।

पोर्चुगलमा कयौ हाईड्राइभ नेपालीहरु कोरोना संक्रमित भएका छन्। कोरोना संक्रमण हुने हाईड्राइभ नेपालीहरुमा एनआरएनए पोर्चुगलका पदाधिकारी, नेपाली जनसम्पर्क समितिका नेताहरु, विभिन्न सामाजिक संस्थाका अगुवाहरु र सामाजिक अभियन्ताहरु समेत रहेका छन्।

पछिल्लो चरणमा सेप्टेम्बरको शुरुवातीसंगै पोर्चुगलमा कोरोनाका संक्रमितहरुको संख्या आकासिएसंगै नेपाली समुदायमा पनि कोरोना तिब्र गतिमा फैलिदै गएको छ।

” अहिलेसम्मकै उच्च संख्यामा कोरोनाको संक्रमण देखिएको, पछिल्ला दिनहरुमा नेपाली समुदायमा पनि संक्रमणको दर बढेकोले सबैले सकभर घरमै बस्न र बाहिर निस्किँदा अनिवार्य माक्स, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्रीको प्रयोग गर्न , धेरै भीडभाड हुने ठाउँमा नजान र अन्य कुनै सार्वजनिक कार्यक्रम, सेमिनार, भेला जस्ता कार्यक्रम नगर्न पनि अनुरोध छ ।”

युरोपमा सेप्टेम्बर -अक्टोबर मौषम परिवर्तनको महिना हो। यो समयमा अत्याधिक गर्मीबाट एकाएक चिसो मौसम परिवर्तन हुने गर्दछ। अत्याधिक गर्मीबाट एकाएक चिसो भएको मौसम परिवर्तनसंगै पोर्चुगलमा रुघाखोकी र फ्लु’का बिरामीहरु अत्याधिक बढे। धेरैले यसलाई सामान्य रुपमा लिए। अर्कातिर सरकारले जनजीवन सहज बनाउन कानुन खुकुलो बनाउदै ल्याएको परिवर्तनले आम मानिसहरुलाई स्वास्थ्यमा लापरवाही गर्नथाले। नेपाली समुदायमा भेटघाट, भोजभतेर, पार्टी, जमघट तिब्र हुनथाल्यो। यही समयमा पोर्चुगलमा कोरोनाका नयाँ संक्रमितहरुको संख्याले कयौ रेकर्ड ब्रेक भए , अहिलेसम्मकै उच्च संक्रमित यहि साता फेला परे।

नेपाली समाजका कयौ हाईड्राइभ नेपालीहरुमा कोरोना संक्रमण भएतापनि कोही पनि खुलेर बताउन चाहदैनन्। आम श्रमिक नेपालीहरुमा संक्रमण देखिदा खोजीनिती गर्ने र अग्रसरता देखाउने समाजका अगुवाहरु आफुलाई संक्रमण हुदा सकेसम्म लुकाउने र छिपाउने गर्दै आएका छन्। कोरोना संक्रमित कयौ नेपालीहरुको लापरवाहिले गर्दा पुरै परिवार र एउटै घरमा मिलेर बस्ने सबैमा संक्रमण भएका घटनाहरु समेत बाहिरिएका छन्।

कयौ हाईड्राइभ नेपालीहरुमा कोरोना संक्रमण देखिएपछि गैह्र आवासीय नेपाली संघ पोर्चुगलले कोरोनाको बढ्दो जोखिमबाट बच्न नेपाली समुदायलाई आग्रह गरेको छ।
संघले आफ्नो आधिकारिक फेसबुक पेजमा एक सूचना जारी गर्दै पोर्चुगलमा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएको भन्दै यसबाट जोगिन सरकारले तोकेका प्रोटोकलहरुलाई पूर्ण रुपमा पालना गर्न अनुरोघ गरेको छ ।

संघले जारी गरेको सुचनामा भनिएको छ, ” अहिलेसम्मकै उच्च संख्यामा कोरोनाको संक्रमण देखिएको, पछिल्ला दिनहरुमा नेपाली समुदायमा पनि संक्रमणको दर बढेकोले सबैले सकभर घरमै बस्न र बाहिर निस्किँदा अनिवार्य माक्स, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्रीको प्रयोग गर्न , धेरै भीडभाड हुने ठाउँमा नजान र अन्य कुनै सार्वजनिक कार्यक्रम, सेमिनार, भेला जस्ता कार्यक्रम नगर्न पनि अनुरोध छ ।”

उता सरकारले पोर्चुगलमा महारमारीको दोस्रो लहर शुरु भईसकेको चेतावनी दिदै नागरिकहरुलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन र स्वास्थ्य महानिर्देशनालयद्वारा निर्दिष्ट निर्देशनहरुको पालना गर्न आग्रह गरेको छ।

श्वासप्रश्वास / स्वास्थ्यसम्बन्धी समस्या भएमा के गर्ने ?

श्वासप्रश्वास सम्बन्धि केही समस्या भएमा, कोरोनाका लक्षणहरु देखिएमा वा आफुलाई शंका लागेमा एसएनएस को २४ सै घण्टे आपतकालिन सेवा नम्बर ८०८ २४ २४ २४ मा सम्पर्क गरी निशुल्क स्वास्थ्य परामर्श लिन र परिक्षण गर्न सकिनेछ।

पोर्चुगलमा कोरोनाको पछिल्लो अवस्था :

पोर्चुगलमा आजमात्रै कोरोनाका कारण १४ जनाको ज्यान गएको छ भने १२४९ जना नयाँ संक्रमितहरु फेला परेका छन्। यो संगै कुल संक्रमितको संख्या ८७ हजार ९१३ पुगेको छ भने २ हजार ९४ जनाको ज्यान गएको छ।

त्यस्तै ५३ हजार ४९८ जनाले कोरोना जितेका छन्।

संक्रमितहरुमध्ये ८३६ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ। जसमध्ये १२८ जनाको अवस्था चिन्ताजनक रहेकोले आइसीयुमा उपचार भईरहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार