काठमाडौँ।
धेरै मान्छे अफिसमा लिफ्ट प्रयोग गर्छन् । अफिसको कामका कारण थकित हुँदा अरु काम गर्न सक्दैनौँ।
तनाब बढ्छ। अफिसमा अल्छी लाग्छ। राति अबेरसम्म निन्द्रा लाग्दैन। यो स्थितिमा चिया-कफीको तलतल हुनसक्छ।
तर के तपाईँलाई थाहा छ, यस्तो समस्यालाई हल गर्न विकल्प छ। यो हो सिँढी चढ्ने अनि उत्रिने। यस्तो गर्दा तपाईँ फूर्तिलो हुनुहुनेछ।
थाकेपछि हामी चियाकफी पिउँछौँ। तर धेरै चिया-कफी पिउँदा शरीरलाई हानि हुन्छ।
अर्काेतिर सिँढी चढ्दा, उत्रिता कुनै ‘साइड इफेक्ट’ हुँदेन। त्यसैले कफी पिउनको साटो सिँढी चढ्नुस्, उत्रिनुस्। यसो गर्दा ‘एक्टिव र मोटिवेटेड फील गर्नुहुनेछ।
अमेरिकाको यूनिभर्सिटी अफ जर्जियामा भएको एक अध्ययनले यस्तो निस्कर्ष निकालेको हो। १८ देखि २३ वर्षका युवा वर्ग, जसको निन्द्रा पूरा हुँदैन। यदि उनीहरु १० मिनटसम्म सिँढी चढेर उत्रिएमा ज्यादा ऊर्जा प्रवाह भएको पाइएको छ।
पूरै दिन मन लगाएर काम गरेको र राति मीठो निन्द्रा आएको अध्ययनको निस्कर्ष छ।
यस अध्ययनमा १८ देखि २३ वर्ष उमेर समूहका १८ विद्यार्थी सहभागी थिए। जो लामो समयदेखि निन्द्रा पूरा नभएको भनेर गुनासो गर्थे।
सिँढी चढ्दा अनि उत्रिता तपाईँको शरीरलाई व्यायाम पनि हुन्छ। शरीरमा स्फूर्तिको सञ्चार हुन्छ। मस्तिष्क तनाव मुक्त हुन्छ।