पोर्चुगलमा दोश्रो चरणको लकडाउन शुरु : ३० अक्टोबर देखि ३ नोभेम्बरसम्म एउटा नगरपालिकाबाट अर्को नगरपालिकामा जानआउन प्रतिबन्ध

लिस्बन।

कोरोना महामारीको दोस्रो लहरले युरोपलाई अस्तव्यस्त बनाएको छ। कोरोनाको पहिलो लहरमा नियन्त्रणमा पकड जमाएको पोर्चुगल दोश्रो लहरमा थला पर्दै गएको छ। छ। दिनदिनै संक्रमित र मृतकको संख्यामा नयाँ उच्च रेकर्डहरु थपिदै गएका छन्। अक्टोबरको शुरुवातीदेखि नै पोर्चुगलमा नयाँ संक्रमित र मृत्यु हुनेको संख्यामा निरन्तर उच्च बृद्धि हुदै गईरहेको छ। सरकारले कोरोना नियन्त्रण गर्नका लागि दोश्रो चरणको लकडाउन लागु गरेको छ, जस अन्तर्गत ३० अक्टोबर देखि ३ नोभेम्बरसम्म एउटा नगरपालिकाबाट अर्को नगरपालिकामा जान प्रतिबन्ध लगाइएको छ।

३० अक्टोबरको बिहानै ००:०० बजेदेखि ३ नोभेम्बर बिहान ००:३० बजेसम्मका लागि पोर्चुगलको प्रमुख भूभागमा एक नगरपालिकाबाट अर्को नगरपालिकामा आवतजावत गर्न पूर्ण बन्देज लगाईएको छ।

३० अक्टोबरको बिहानै ००:०० बजेदेखि ३ नोभेम्बर बिहान ००:३० बजेसम्मका लागि पोर्चुगलको प्रमुख भूभागमा एक नगरपालिकाबाट अर्को नगरपालिकामा आवतजावत गर्न पूर्ण बन्देज लगाईएको छ। पोर्चुगलको सरकारले लकडाउन बन्देजको यस्तै मोडालिटी कोरोनाको पहिलो लहरमा इस्टरको समयमा पनि लगाएको थियो।

कामदारहरुको हकमा यो नियम लागु हुनेछैन तर उनीहरुले रोजगारदाताले प्रदान गरेको कामको लागि यात्रा गर्नैपर्ने सिफारिस पत्रको आधारमा मात्रै यात्रा गर्न सक्नेछन। त्यस्तै नागरिकहरु स्वास्थ्य उपचार र त्यस्तै अति नै महत्वपुर्ण कामका लागि मात्रै यात्रा गर्न सक्नेछन तर उनीहरुले पनि स्थानीय स्वास्थ्य संस्था वा स्थानीय अधिकारीहरुको पुर्व अनुमति लिएको हुनुपर्नेछ।

पोर्चुगलमा कोरोना संक्रमणको पछिल्लो अवस्था : नयाँ संक्रमित र मृत्युदर अहिलेसम्मकै उच्च , ४० को मृत्यु , ४६५६ संक्रमित

शुक्रबार मात्रै पोर्चुगलमा कोरोना भाइरसका संक्रमणबाट ४० जनाले ज्यान गुमाएका छन्। मृतकको यो संख्या अहिलेसम्मकै उच्च हो ।

त्यस्तै शुक्रबार थप ४,६५६ जनामा कोरोनाको संक्रमण भेटिएको राष्ट्रिय स्वास्थ्य महानिर्देशनलायले जनाएको छ । संक्रमितहरुको यो संख्या पनि अहिलेसम्मकै उच्च हो।

राष्ट्रिय स्वास्थ्य महानिर्देशनलायका अनुसार पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित र मृत्युको दर निरन्तर उकालो यात्रामा छ । तथ्यांक अनुसार बुधबार र बिहीबार पोर्चुगलमा क्रमशः ३,९६० र ४,२२४ जनामा कोरोना पुष्टि भएको थियो ।

पोर्चुगलमा कोरोनाकै कारण अहिलेसम्म दुई हजार ४६८ जनाले ज्यान गुमाएका छन् । तथ्यांक अनुसार अहिलेसम्म पोर्चुगलमा एक लाख ३७ हजार २७२ मा कोरोना पुष्टि भएकोमा ७७ हजार ४४९ जनाले कोरोना जितेका छन् । अहिले ५७ हजार ३५५ जनामा संक्रमणको गम्भिर असर परेको छ ।

यसैबीच सरकारले नागरिकलाई कोरोनाबाट बच्न र बचाउन घरबाहिर सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने कडा नियम बनाएको छ। सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग नगर्नेलाई सुरक्षा अधिकारीहरुले ठाउँको ठाउँ १०० युरोदेखि ५०० युरोसम्म जरिवाना गर्न सक्नेछन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार