लिस्बन।
पोर्चुगलमा कोरोना संक्रमित र मृतकको संख्यामा निरन्तर वृद्धि भएपछि कोरोनाको रोकथाम गर्न राष्ट्रपति मार्सेलो रेबेलो दि सौजा र प्रधानमन्त्री एन्तोनियो कोस्ताबिच छलफल भएको छ।
छलफलको क्रममा पोर्चुगलमा कोरोना संक्रमण र मृतकको संख्यामा ब्रेक लगाउन देशमा स्वास्थ्य संकटकाल लगाउने बारेमा व्यापक छलफल भएको बुझिएको छ।
राष्ट्रपति मार्सेलोले नागरिकहरुको जनजीवनलाई प्राभावित हुन र थप कठिनाई हुन नदिन संकटकाल प्रकृति नरम हुनुपर्ने कुरामा जोड दिएका छन्। उनले संकटकाल अप्रिल मे महिनाको जस्तो कडा हुननहुने जिकिर गरेका छन्।
त्यस्तै कोरोनाको नियन्त्रणका लागि निजि क्षेत्रको सहयोग पनि त्यत्तिकै आवश्यक भएकोले निजि क्षेत्रसंग पनि सहकार्य गर्दै सरकार अगाडी बढ्ने सहमति भएको श्रोतले जानकारी दिएको छ।