कोरोना संक्रमितले पोर्चुगलका अस्पताल भरिभराउ, २०२ आइसीयु कक्षहरु थपिदै

प्रबिन धिताल, लिस्बन।

पोर्चुगलमा मार्च महिनामा कोरोनाको पहिलो संक्रमित देखियता आज सबैभन्दा बढी संक्रमित अस्पताल भर्ना गरिएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भई जटिलताको आधारमा अस्पताल भर्ना हुनेको संख्या २ हजार ३४९ पुगेको छ। यो संगै कोरोना अस्पतालहरु बिरामीले भरिभराउ भएका छन्।

त्यस्तै अस्पताल भर्ना भएकाहरुमध्ये जीवनसँग संघर्ष गरिरहेका ३२० जनाको आइसियुमा उपचार भईरहेको छ। आइसीयु पनि भरिन थालेपछि पोर्चुगल सरकारले तुरुन्तै २०२ आइसीयु कक्षहरु थप्ने भएको छ। बिरामीको चापको आधारमा देशका विभिन्न अस्पतालहरुमा उक्त परिमाणका आइसीयु कक्षहरु यहि हप्ताभित्र जडान गरिसकिने स्वास्थ्य महानिर्देशानालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाकै कारण ४५ जनाको ज्यान गएको छ , जुन अहिलेसम्मकै दोश्रो उच्च हो। सोही समयमा २ हजार ५९६ जना संक्रमित थपिएका छन्। कोरोनाकै कारण ज्यान गुमाउनेहरुको संख्या हिजो ४६ थियो, जुन अहिलेसम्मकै सबैभन्दा बढी हो।

पोर्चुगलमा कोरोना संक्रमित र मृतकहरुको संख्या निरन्तर उकालो लागेपछि आज राष्ट्रपति मार्सेलो रेबेलो दि सौजा र प्रधानमन्त्री एन्तोनियो कोस्ताबिच भेटघाट र छलफल भएको छ। छलफलबाट राष्ट्रपति र प्रधानमन्त्री दुबैले कोरोनाको संक्रमण र मृत्युदर कम गर्न देशमा दोश्रोपटक स्वास्थ्य संकटकाल लागु गर्न सहमत भएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार