लिस्बन।
प्रेस संगठन नेपालको पोर्चुगल संयोजकमा पत्रकार राजकुमार थापा चयन भएका छन्। पत्रकार थापा युरोपनेपाली खबर डट कम’का संस्थापक र प्रधान सम्पादक हुन्।
नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईको संयोजकत्वमा प्रेस संगठन नेपालको युरोप शाखाको गठन ३१ अक्टोबर शनिवार भएको थियो। युरोप संयोजक राईको अध्यक्षतामा आज बसेको अनलाइन बैठकले पत्रकार थापालाई प्रेस संगठनको पोर्चुगल संयोजकमा चयन गरेको हो।
पत्रकार थापा नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य समेत रहेका छन् ।