कहिले हुन्छ कलियुगको अन्त्य ?

कलि युग सनातन (हिन्दु) शास्त्रीय विश्वास अनुसार चार मध्येको अन्तिम युग हो। यो युगमा मानिसहरूको चरित्र बिग्रने सभ्यताको नाममा नया समस्याहरू जन्मने भनेर केही शास्त्रहरूमा उल्लेख गरिएको छ। यो द्वापर युगको अन्त्य पछि सुरुहुन्छ भनिन्छ र यसको अन्त्यसँगै सारा संसार ध्वंस भइ नयाँ संसारको शृजना हुने विश्वास गरिन्छ। हामी अहिले बाचीरहेको युग कलि युग हो भनेर विश्वास गरिन्छ ।

कलियुगको अर्थ कला (विज्ञान) बाट चल्ने अथवा विज्ञानबाट अघी बढ्ने युग भन्ने बुझिन्छ । अहिलेको युगमा कला नै अघी बढेको देखिन्छ जस्तै यो हामीले पढिरहेको र सम्पादन गरिरहेको पनि एक कला नै हो । यो युग राजा परीक्षित को राज्यबाट सुरु भएको मानिन्छ।

कलि युग ४ लाख ३२ हजार वर्षको हुने शास्त्रहरुमा उल्लेख गरिएको छ ।

कलियुगको आरम्भ १२ सय दिव्य वर्षको एक कलियुग मानिएको छ । शास्त्रहरुका अनुसार महाभारत युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो । कृष्णको यो युद्धको ३५ वर्षपछि देहान्त भएको थियो, जसपछि कलियुगको आरम्भ भएको विश्वास लिइन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार