लिस्बन।
पोर्चुगलको कोस्ता दि कापरिका ४२ बर्षे युवकको अपहरण भएको छ। घटना आइतबार रातको हो।
जीएनआर प्रहरीले सुनसान ठाउमा एउटा गाडी पार्किङ् गरेको देखे। कारमा कोही पनि थिएनन्। प्रहरीले कारभित्र खानतलासी गरे। कारभित्रबाट पिस्तोल , घन, फलामे छड र दुइवटा धारिला हतियार फेला परे।
प्रहरीलाई शंका लाग्यो र त्यो ठाउँ वरपर सर्च अप्रेशन शुरु गरे। यसै क्रममा अपहरणमा परेका युवकले सहयोग माग्न बेस्सरी चिच्याएपछि जीएनआर प्रहरीले उनको उद्धार गरेको थियो।
उनलाई ३ जनाको समुहले अपहरण गरेर गाडीमा हालेर अन्यत्रै लगेका थिए।
जीएनआर प्रहरीले ति तिनै अपहरणकारीहरुलाई पक्राउ गरेको छ। पक्राउ परेका तिनै जना २०-३० बर्ष उमेर समुहका छन् तर प्रहरीले उनीहरु को हुन् भन्ने बारे ख्य्लाअयेको छैन।
तिनै जना अपहरणकारीहरुलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको छ।