सिएम, लिस्बन।
पोर्चुगललको राजधानी लिस्बनको मुटु मानिने एवेनिदा दा लिबेरदादमा गोली चलेको छ। आज मंगलबार बिहानै झिसमिसेमा घटनाले उक्त स्थान वरिपरि सबैलाई त्रसित बनाएको छ।
गोली प्रहार गर्नेहरु फरार भएका छन्। प्रहरीले घटना स्थलमा गोलीका खोकाहरु प्राप्त गरेको छ। गोली प्रहारबाट घटनास्थल अगाडिको एड्जासेंट अर्टरी भवनमा दुलाहरु परेका छन्।
दुई फरक फरक कारमा आएका कयौ मानिसहरुले गोली हानाहान गरेको प्रहरीले जानकारी दिएको छ। गोली हानाहान भएपछि उनीहरु भागेका थिए।
गोली हानाहानमा अहिलेसम्म कोहि पनि हताहत भएको खबर छैन।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।