सरकार सुतेको भन्दै पोर्चुगलमा कोरोना संक्रमितको उपचारमा खटिएका नर्सहरुद्वारा ५ दिने हड्ताल शुरु

लिस्वन ।

पोर्चुगलमा कोरोना संक्रमितको उपचारमा खटिएका नर्सले सरकार सुतेको भन्दै “wake-up call” हड्ताल शुरु गरेका छन्। उनीहरुको यो हड्ताल ५ दिनसम्म चल्नेछ।

कोरोना महामारी उत्कर्षमा पुगेका बेला पोर्चुगलस्थित विभिन्न अस्पतालमा कार्यरत नर्सहरुले सरकार बिरुद्दमा आम हडताल सुरु गरेका हुन् । उनिहरुको पाँच दिने हड्ताल आगामी शुक्रबारसम्म चल्नेछ।

लगातार रुपमा कोरोना संक्रमितहरुको उपचारमा खटिएका उनिहरुले सरकारलाई जगाउन ‘वेक अप कल’ भन्दै हडताल सुरु गरेका हुन् । उनिहरुले थकावट कम गर्न र मोटिभेशनको माग गर्दै हडतालमा उत्रिनु परेको बताएका छन् ।

हड्तालमा रहेका नर्सहरुले भनेका छन्, ‘कोरोनाको महामारीबीच काम गर्न तयार छौं, हामी समस्याबाट भाग्न खोजेका होइनौं ।’

उनिहरुले महामारीका कारण विगतका बर्षहरु भन्दा यसबर्ष आफुहरुले धेरै त्याग गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार