लिस्वन ।
पोर्चुगलमा पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेहरुको संख्यामा रेकर्ड ब्रेक भएको छ। पछिल्लो २४ घण्टामा ८२ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांक कोरोना सुरु भएयताकै उच्च हो ।
पोर्चुगलमा अक्टोबर शुरुवाती देखि नै कोरोनाका नयाँ संक्रमित र मृत्युको पारो निरन्तर उकालो यात्रामा छ । यसैले पनि सरकारले नागरिक बचाउन र महामारी नियन्त्रणका लागि देशमा स्वास्थ्य संकटकालको घोषणा गर्दै राती ११ देखि बिहान ५ बजेसम्मको लागि कर्फ्यु लगाएको छ ।
पछिल्लो २४ घण्टामा चार हजार ९३५ जना नयाँ संक्रमित थपिएको राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । उसका अनुसार अघिल्लो दिन यस्तो संख्या तीन हजार ८१७ थियो । सो दिन ६२ जनाको ज्यान गएको थियो ।
महानिर्देशनालयका अनुसार पोर्चुगलमा गम्भिर अवस्थाका ३९१ जना कोरोना संक्रमित अस्पतालमा उपचारका क्रममा छन् ।