लिस्वन ।
कोरोना महामारीका कारण युरोपियन मुलुक पोर्चुगलमा बितेको २४ घण्टामा मात्रै ९१ जना संक्रमितको मृत्यु भएको छ । जुन तथ्यांक अहिलेसम्मकै उच्च हो ।
सोही समयमा पोर्चुगलमा तीन हजार ९९६ जना नयाँ संक्रमित थपिएका छन् ।
राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयका अनुसार बितेको २४ घण्टामा मात्रै ९१ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सबैभन्दा धेरै उत्तरी क्षेत्रका ४४ जना, राजधानी लिस्वनका साथै तेजो क्षेत्रका ३३ जना, केन्द्रीय क्षेत्रका ११ र अलेन्तेजो क्षेत्रका तीन जना छन् ।
कोरोना संक्रमित भई तीन हजार ४० जना अस्पताल भर्ना भएका छन् भने ४२६ जना आइसियूमा छन् ।
तथ्यांक अनुसार पोर्चुगलमा कोरोनाकै कारण मृत्यु हुनेमा ८० बर्षमाथिका एक हजार ७७५ जना पुरुष छन् भने एक हजार ६९७ जना महिला रहेका छन् ।