सबिन धिताल, लिस्बन ।
पोर्चुगलमा कोरोना संक्रमित बिरामीहरु र आइसियुमा भर्ना हुनेको संख्या निरन्तर वृद्धि भएपछि अस्पतालहरु भरिभराउ भएका छन्। कोरोना संक्रमित बिरामीहरुको चाप अस्पतालहरुले धन्न नसकेपछि कोविड १९ का बिरामीहरुलाई प्राथमिकता दिदै पोर्चुगलकै सबैभन्दा ठुलो अस्पताल सान्ता मारिया र लिस्बनको पुलिदो भलेन्टे अस्पतालले सबै गैर-जरुरी शल्यक्रिया स्थगित गरेको छ।
स्वास्थ्य महानिर्देशनालयले कोरोनाको बिरामीको चाप अत्याधिक बढेकोले यसो गर्नुको बिकल्प नरहेको बताएको छ।
पोर्चुगलमा कोरोना महामारी शुरुभएयता ३ हजार ६३२ जनाको ज्यान गएको छ। त्यस्तै हालसम्म २ लाख १५ जना संक्रमित भएका छन् भने १ लाख ५३ हजार ७०२ जना उपचार पश्चात निको भईसकेका छन्।
संक्रमितहरुमध्ये ३ हजार ५१ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ भने ४३२ जना आइसीयुमा छन्।