सेफद्वारा मानव तस्करी पिडित ३ जना दक्षिण एसियाली नागरिकको उद्धार !

लिस्बन।

पोर्चुगलको अध्यागमन प्रहरी ‘सेफ’ले मानव तस्करी पिडित ३ जना दक्षिण एसियाली नागरिकको उद्धार गरेको छ। उनीहरुलाई कास्तेलो ब्रान्कोको कोभिल्याबाट उद्धार गरिएको सेफले जनाएको छ।

दक्षिण एसियाली मुलका उनीहरु पोर्चुगलमा बसोबासको बैधानिकताको कागजबिहिन रहेका थिए।

उनीहरुलाई रोजगारदाताले श्रम कानुनद्वारा निर्दिष्ट न्युनतम सुबिधा समेत नदिएको र श्रम शोषण गरेको ठहर गरेको छ। निर्धारित समयभन्दा बढी समय काम गर्न बाध्य पारिएका उनीहरुलाई रोजगारदाताले काम गराएवाफतको तलब समेत नदिएको सेफले बताएको छ।

अक्टोबरमा प्राप्त सुचनाको आधारमा सेफले गरेको अप्रेशनको श्रम शोषणमा परेका उनीहरुलाई सेफले मानव तस्करी पिडित घोषणा गरेको हो।

रोजगारदाता कम्पनी र त्यसका मालिकलाई सेफले कानुनि कारवाही प्रक्रिया अगाडी बढाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार