पोर्चुगलमा अब काममा पनि मास्क अनिवार्य !

लिस्बन।

पोर्चुगलमा अब काममा पनि मास्कको प्रयोग अनिवार्य गरिएको छ। यसअघि सार्वजनिक स्थान र सडकमा मात्रै मास्कको प्रयोग अनिवार्य गरिएको थियो।

शनिवार एक पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री एन्तोनियो कोस्ताले अबदेखि काममा समेत मास्कको अनिवार्य प्रयोग गरिएको बताएका। छन्। यदि काममा आइसोलेशन कक्षहरु छन् भने मास्कको अनिवार्य प्रयोग छैन, त्यस्तै फरक फरक प्रकृतिको काममा सामाजिक दुरी कायम गरिएको छ भने पनि मास्कको अनिवार्य प्रयोग बाध्यकारी हुनेछैन।

कोरोनाका नयाँ संक्रमितहरुको तथ्यांकको ठुलो संख्याले काममा एक अर्काबाट सरेको पुष्टि भएकोले सबैलाई सुरक्षित गर्न कोरोना बिरुद्धको लडाइमा काममा मास्कको प्रयोग अनिवार्य गरिएको बताएका छन्।

सार्वजनिक स्थान र सडकमा यसघि नै अक्टोबर २८ बाट मास्कको अनिवार्य प्रयोग गरिएको छ। मास्कको अनिवार्य प्रयोग नगर्नेलाई सुरक्षा अधिकारीहरुले ५०० युरोसम्म जरिवाना गर्न सक्ने कडा नियम बनाईएको छ।

पोर्चुगल कोरोना भाइरसको दोश्रो लहरमा नराम्ररी गाजिएको छ। दिनहुँ कोरोनाम नयाँ संक्रमित र मृतकको संख्या डरलाग्दो संख्याले बढेको छ।

सरकारले कोरोनाको रोकथामको लागि दोश्रो चरणको लकडाउन लागु गर्नुका साथै बढी जोखिम भएका क्षेत्रमा कर्फ्यु समेत लगाएको छ। कोरोना रोकथामको लडाईमा सरकारले हरेक १५ दिनमा नयन संक्रमित र मृतकको दरको आधारमा नयाँ नयाँ नियम लागु गर्दै गईरहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार