पोर्चुगलमा कोरोना संक्रमणले पहिलो नेपालीको मृत्यु !

लिस्बन।

पोर्चुगलमा कोरोना संक्रमणले एक नेपालीको ज्यान गएको छ।

लामो समयदेखि पोर्चुगलमा बसोबास गर्दै आईरहेका करिब ४०-५० बर्ष उमेरका उनि कोरोना संक्रमणले पोर्चुगलमा ज्यान गुमाउने पहिलो नेपाली हुन्।

पोर्चुगलको राजधानी लिस्बन नजिकै आफ्नै व्यवसाय गर्दै आईरहेका उनि पोर्चुगलमा परिवार र छोराछोरीको साथमा बस्दै आईरहेका थिए।

शुरुमा निमोनिया भएका उनलाई कोरोना संक्रमण भएपछि उपचारका क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।

पछिल्लो समयमा पोर्चुगलमा कोरोना संक्रमितको संख्यामा निरन्तर बृद्दी भएसंगै नेपाली समुदायमा पनि कोरोना संक्रमण बढ्दो छ।

हिजो मात्रै पोर्तोमा एउटै सुसी रेस्टुरेन्टमा काम गर्ने १२ नेपालीमा कोरोना संक्रमण देखिएपछि सेफले उनीहरु बस्ने अपार्टमेन्ट र काम गर्ने रेस्टुरेन्ट सिल गरि उनीहरुको उद्धार गरेको थियो।

पोर्चुगलमा कोरोनाको पहिलो लहरमा करिब एक सय नेपाली संक्रमित भएका थिए। कोरोनाको दोश्रो लहरमा दुई सयभन्दा बढी नेपाली संक्रमित भएको जानकारी प्राप्त भएका छन्।

पोर्चुगलमा रोजगारीको सिलसिलामा करिब ३० हजार नेपाली बसोबास गरिरहेको अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार