लिस्बन।
कोरोनाभाइरसबाट संक्रमित भएर पनि अनिवार्य आसोलेशनमा बस्नुपर्ने नियम उल्लङ्घन गरि बिना मास्क सडकमा हिड्ने एक व्यक्तिलाई जीएनआर प्रहरीले हिजो पक्राउ गरेको छ । उनैलाई अनिवार्य आसोलेशनको नियम उल्लङ्घन गरेको अवस्थामा प्रहरीले नोभेम्बर २१ तारिख पनि पक्राउ गरि चेतावनी दिदै घरमै लागेर छोडेको थियो।
कोरोना संक्रमित भएका ति ६२ बर्षीय पुरुषको अवस्था बुझ्न प्रहरी उनको घरमा जादा उनि घरमा नभेटिएपछि प्रहरीले उनको खोजि गर्दा उनि बिना मास्क सडकमा निर्वाध हिडिरहेको भेटिए। त्यसपछि प्रहरीले उनलाई अनिवार्य आइसोलेशनको नियम उल्लङ्घन गरेको अभियोगमा पक्राउ गरेको हो। उनलाई संकटकाल स्वास्थ्य कानुन उल्लङ्घन गरेको अभियोगमा ओवर न्यायिक अदालतमा उपस्थित गराईएको छ।
जीएनआर प्रहरीले कोरोना संक्रमित भएर अनिवार्य आइसोलेशन बस्नुपर्नेहरुमाथि कडा निगरानी बढाएको जनाएको छ। संकटकाल स्वास्थ्य कानुन उल्लङ्घन गर्ने आवश्यक कानुनि सजायको भागिदार हुने चेतावनी समेत जीएनआरले दिएको छ।