लिस्बन।
ब्रेक्जिट पछि पोर्चुगलमा बस्ने बेलायती नागरिकको संख्या आकाशिएको छ। युरोपियन युनियन र बेलायतबिच खुल्ला सिमा आवतजावत डिसेम्बर ३१ मा सकिने भएपछि पोर्चुगलमा स्थाई बस्ने आउने बेलायती नागरिकको संख्यमा १ सय ११ प्रतिशतले वृद्धि भएको छ।
कोरोना महामारीका बिच पनि बेलायतबाट पोर्चुगलमा स्थाई बसाइ सराइ गर्ने बेलायती नागरिकहरुको संख्या ५० हजार नाघेको छ।
बिशेष गरी बेलायति नागरिकहरु अवकास प्राप्त जीवन बिताउन पोर्चुगल बसाइ सराइ गर्ने गर्दछन। बेलायतको तुलनामा पोर्चुगल सस्तो, हावापानी राम्रो र शान्त भएकोले युरोपियन युनियनका अधिकांस देशका नागरिकहरुको अवकासप्रात जीवन बिताउने र बिदा मनाउने रोजाइमा पोर्चुगल पर्ने गरेको छ।