पोर्चुगलको पोर्तिमाओमा एक युवाद्वारा आफ्नै पत्नीको छुरा प्रहार गरी हत्या !

लिस्बन।

पोर्चुगलको दक्षिणी क्षेत्रको पोर्तिमाओमा एक दम्पतिबिच बिबाद हुँदा पतिले छुरा पहार गरि पत्नीको हत्या गरेका छन्।

छुरा प्रहारबाट घाइते भएकी उनलाई उपचारका लागि एनेम एम्बुलेन्सले उद्धार गरि अस्पताल लागेको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भयो।

छुरा प्रहारबाट मृत्यु भएकी ३८ बर्षीय महिला आफ्ना श्रीमान र ३ साना छोराछोरीका साथ पोर्तिमाओमा एक अपार्टमेन्टमा बस्दै आएकी थिईन्।

पोर्तिमाओको पेद्रा मोउरिन्हामा रहेको उनीहरुको अपार्टमेन्टबाट पतिलाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुका छिमेकीहरूका अनुसार ति दम्पती सधै झैँझगडा गर्ने गरेको प्रहरीलाई जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार