राहदानी बनाइदिन लिएको रकम पनि हिनामिना गर्ने एनआरएनए पोर्तुगल र रेमिट्यान्समा ठगी गर्ने कोषाध्यक्ष कुँवरलाई नेपाली जनप्रगतिशिल मोर्चा पोर्तुगलको चेतावनी !

लिस्बन ।

राहदानी बनाइदिन लिएको रकम पनि हिनामिना गर्ने एनआरएनए पोर्तुगल र रेमिट्यान्समा ठगी गंरे कोषाध्यक्ष कुँवरलाई नेपाली जनप्रगतिशिल मोर्चा पोर्तुगलको चेतावनी दिएको छ। मोर्चाले अध्यक्ष पूर्ण बहादुर बिश्वकर्माद्वारा हस्ताक्षरित एक ध्यानाकर्षण पत्र जारी गर्दै चेतावनी दिएको हो।

यो पनि पढ्नुहोस् !

पोर्चुगलमा रेमिट्यान्सको नाममा ठगी धन्दा : रेमिट्यान्सका मालिक मर्सिडिज कारमा सरर , सेवाग्राही फोटोसप रसिद लिएर महिनौ रुदै धरर !

मोर्चाले एनआरएनएका कोषाध्यक्ष विक्रमजङ कुँवरको ट्राभल्सले नेपालमा पठाउने रकम लिने तर समयमा नदिने, सेवाग्राहीले पटक पटक अनुरोध गर्दा पनि महिनौसम्म आलटाल गरेर धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पीडित बनाएको जनाएको छ । कोरोनाको बिरामीको उपचारार्थ परिवारलाई पठाइएको रकम पनि समयमै उपलब्ध नगराईदिनु अत्यन्तै निन्दनीय कार्य भएको मोर्चाको ठहर रहेको छ ।

त्यस्तै ‘एनआरएनए पोर्तुगलका कार्यालय कर्मचारीले राहदानी नवीकरण प्रकृयाको लागि लिएको रकम समेत हिनामिना गरिएको पाइएको छ । आफूलाई सामाजिक संस्था भनेर दावी गर्ने संस्थाको कार्यालयबाट नै यस्तो गलत कृयाकलाप हुनु खेदजनक छ ।’ विज्ञप्तिमा भनिएको छ ।

यो पनि पढ्नुहोस् !

एनआरएनए पोर्चुगलका कोषाध्यक्षको ठगी काम : नेपालमा कोरोना बिरामीको उपचारमा पठाएको रकम नै पारिदिए झ्वाम् !

एनआरएनए र लक्ष्मी ट्राभल्सलाई कमी कमजोरी तत्काल सच्याउन र पीडितहरुको माग यथाशिघ्र सम्बोधन गर्न सचेत गराउदै अन्यथा पोर्तुगलमा आइपुगेका श्रमजीवी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको हकहितको पक्षमा संघर्षरत मोर्चाले कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिएको छ ।

हेर्नुहोस् विज्ञप्तिको पूर्ण विवरण :

हालै सामाजिक संजाल तथा संचार माध्यममा प्रकाशित भएका पोर्चुगलसंग सम्बन्धित दुई खबरहरु ‘लक्ष्मी ट्राभल्स पोर्तुगल द्वारा ठगी र एनआरएनए, पोर्तुगल कार्यालय कर्मचारी द्वारा पासपोर्ट नवीकरण प्रकृयामा गरिएको आर्थिक अनियमितता’ बारे हाम्रो संगठन नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलको गम्भीर ध्यानाकर्षण भएको छ । यस बारेमा हाम्रो संगठनले पिडितहरुसंग बुझ्ने काम गरिसकेको छ ।

लक्ष्मी ट्राभल्सले नेपालमा पठाउने रकम लिने तर समयमा नदिने, सेवाग्राहीले पटक पटक अनुरोध गर्दा पनि महिनौ सम्म आलटाल गर्ने जस्ता कृयाकलापले धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाइ पिडित बनाएको छ । कोरोनाको बिरामीको उपचारार्थ परिवारलाई पठाइएको रकम पनि समयमै उपलब्ध नगराईदिनु अत्यन्तै निन्दनीय कार्य हो । यस्ता गतिबिधीहरु तत्काल रोक्न र चुस्त दुरुस्त सेवा दिन हामी लक्ष्मी ट्राभल्सलाई आह्वान गर्दछौं ।

यो पनि पढ्नुहोस् !

एनआरएनए पोर्चुगलको चरम लापरवाही : ६ -६ महिनासम्म पनि नेपाल दुतावास पेरिस पुगेनन् पासपोर्टका निबेदन !

नेपाल बाटै अनेक प्रलोभनमा फसाएर पोर्तुगल आइपुगेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु यहाँ आइसकेपछि पनि बिभिन्न खाले ब्यक्तिहरुले दैनिक ठगेका सैयौं उदाहरणहरु छन् । हाम्रो संगठनले यस्तो ठगी कार्य नगर्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको छ । तर एनआरएनए, पोर्तुगल नै उक्त कार्यमा संलग्न भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । एनआरएनए, पोर्तुगल कार्यालय कर्मचारीले राहदानी नवीकरण प्रकृयाको लागि लिएको रकम समेत हिनामिना गरिएको पाइएको छ । आफूलाई सामाजिक संस्था भनेर दावी गर्ने संस्थाको कार्यालय बाट नै यस्तो गलत कृयाकलाप हुनु खेदजनक छ ।

माथि उल्लेखित दुवै निकायलाई आफ्ना कमी कमजोरी तत्काल सच्याउन र पिडितहरुको माग यथाशिघ्र सम्बोधन गर्न हाम्रो संगठन आव्हान गर्दछ । अन्यथा पोर्तुगलमा आइपुगेका श्रमजीवी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको हकहितको पक्षमा संघर्षरत हाम्रो संगठन कडा संघर्ष गर्न बाध्य हुनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार