पोर्चुगलमा कोरोना : क्रिसमस र नयाँ बर्षका लागि स्वास्थ्य संकट कानुनमा परिवर्तन , के गर्न पाईने, के गर्न नपाईने ?

लिस्बन।

पोर्चुगलमा स्वास्थ्य संकटकाल डिसेम्बर २३ तारिखसम्मका लागि राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाद्वारा अनुमोदन गरिएसंगै पोर्चुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ताले हिजो शनिवार परिवर्तित भएय्का नयाँ स्वास्थ्य कानुनहरु उल्लेख गर्दै एक पत्रकार सम्मेलान गरेका छन्। उक्त पत्रकार सम्मेलनमा स्वास्थ्य संकटकाल २३ डिसेम्बरसम्मका लागि मात्रै अनुमोदन भएतापनि नयाँ परिवर्तित स्वास्थ्य कानुन जनवरी ७ तारिख २०२१ सम्मका लागि लागु हुने बताएका छन्।

परिवर्तित नयाँ स्वास्थ्य संकट कानुनहरुले नागरिकहरुलाई निर्वाध हिडडुलमा कडाइ गरेको छ। तर क्रिसमसको पूर्वसन्ध्या २४ डिसेम्बर , क्रिसमस दिवस २५ डिसेम्बर र नयाँ बर्ष १ जनवरीमा भने केही खुकुलो नीति अपनाईएको छ।

प्रधानमन्त्री कोस्ताले भने, ” सरकारले नयाँ स्वास्थ्य संकट कानुनको व्यवस्था गर्नुको कारण क्रिसमससम्म कडाइ गर्दै कोरोना संक्रमितको संख्यामा कमी ल्याउनु हो। जति थोरै संक्रमित, त्यत्ति नै धेरै संक्रमणको जोखिम कम।”

कोरोना संक्रमणको उच्च जोखिम भएका नगरपालिकाहरुमा सप्ताहान्तका दिनहरु डिसेम्बर १२, १३, १९, र २० मा दिउसो १ बजेदेखि अर्को दिनको बिहान ५ बजेसम्मका लागि कर्फ्यु लगाईएको छ।

क्रिसमस : के गर्न पाईने ? के गर्न नपाईने ?

– सरकारले क्रिसमसलाई लक्षित गरेर बनाएको स्वास्थ्य संकट कानुन डिसेम्बर १८ तारिक हेरफर गर्न सकिने बताईएको छ। कोरोना संक्रमितहरुको संख्यामा आउने परिवर्तनले उक्त कानुनहरु परिवर्तन हुने प्रधानमन्त्री कोस्ताले बताएका छन्।

– क्रिसमस चाडका लागि २३ डिसेम्बरदेखि २६ डिसेम्बरसम्म एक नगरपालिकाबाट अर्को नगरपालिका आवतजावत गर्न प्रतिबन्ध छैन।

– सरकारले क्रिसमसमा भेला हुनपाउने मानिसको संख्यमा बन्देज लगाएको छैन।

प्रधानमन्त्री कोस्ताले भने कि , ” आम नागरिकको पारिवारिक जीवनमा राज्यले दखल दिनु हुदैन। कोरोना महामारी बिरुद्धको यो लामो लडाईमा यहासम्म आइपुग्दा आम नागरिकहरुले यो थाहापाइसकेका छन् कि , जति धेरै जमघट , त्यत्ति नै कोरोना संक्रमणको जोखिम छ। ”

सार्वजनिक सडकमा आवतजावत : के गर्न पाईने ? के गर्न नपाईने ?

– २३ डिसेम्बरदेखि २४ डिसेम्बरको राति : ट्रान्जिटमा भएकाहरु मात्रै आवतजावत गर्न पाउनेछन्।
– २४ र २५ डिसेम्बरको राती : अर्को दिनको बिहान २ बजेसम्म मात्रै हिड्डुल र आवतजावत गर्न पाउनेछन्।
– २६ डिसेम्बर : राति २३ बजेसम्म मात्र हिड्डुल र आवतजावत गर्न पाईनेछ ।

रेस्टुरेन्ट व्यवसायीहरु : के गर्न पाईने ? के गर्न नपाईने ?

– २४ र २५ डिसेम्बर राति १ बजेसम्म।
– २६ डिसेम्बर दिउसो ३ : ३० बजेसम्म मात्र।

नयाँ बर्ष : के गर्न पाईने ? के गर्न नपाईने ?

– नयाँ बर्षको पूर्वसन्ध्यामा एक नगरपालिकाबाट अर्को नगरपालिकामा आवतजावत गर्नमा प्रतिबन्ध लगाईएको छ। यो प्रतिबन्ध ३१ डिसेम्बरको १२ बजेदेखि ४ जनवरीको बिहान ५ बजेसम्मका लागि लगाईएको छ।

– नयाँ बर्षको पूर्वसन्ध्यामा सार्वजनिक सडकमा बिहान २ बजेसम्म मात्रै हिडडुल गर्न अनुमति दिईएको छ।

– सबै सार्वजनिक पार्टीहरु खुल्ला गरिएको छ, प्रतिबन्ध छैन तर सार्वजनिक सडक र स्थानहरुमा ६ जनाभन्दा बढी भेला हुन पाईने छैन।

सार्वजनिक सडकमा आवतजावत : के गर्न पाईने ? के गर्न नपाईने ?

– नयाँ बर्षको पूर्वसन्ध्या ३१ डिसेम्बरमा बिहान २ बजेसम्म हिडडुल गर्न छुट छ।
– नयाँ बर्षको दिन १ जनवरीमा राति २३: ०० बजेसम्म हिडडुल गर्न सकिनेछ।

रेस्टुरेन्ट व्यवसायीहरु : के गर्न पाईने ? के गर्न नपाईने ?

– नयाँ बर्षको पूर्वसन्ध्या ३१ डिसेम्बरमा बिहान १ बजेसम्म सेवा दिन सक्नेछन।
– नयाँ बर्षको दिन १ जनवरीमा दिउसो १५:३० बजेसम्म मात्रै रेस्टुरेन्ट खुल्ला गर्न सकिनेछ।
– चाडपर्वका यी दुई दिनमा रेस्टुरेन्ट क्षमताको ९० प्रतिशत सिट प्रयोगमा ल्याउन सक्नेछन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार