युरोपियन युनियनभित्र शान्ताउ एण्ड के मेडिकल कम्पनीको मास्क प्रयोग नगर्न चेतावनी, पोर्चुगलमा फेला परे रिपोर्ट गर्न सुझाव !

लिस्बन।

युरोपियन युनियनले तोकेको आवश्यकताको पालना नगरेकोमा राष्ट्रिय औषधि प्राधिकरणले शान्ताउ एण्ड के मेडिकल उपकरण कारखाना कम्पनीएलडीएबाट उत्पादित क्लिनिकल मास्क प्रयोग नगर्न सरकारले चेतावनी दिएको छ। ।

इन्फर्मर्डका अनुसार सो कम्पनीका कुनैपनि उत्पादन पोर्चुगलमा भेटिएका छैनन् तर पनि युरोपियन युनियनभित्र खुल्ला स्वतन्त्र व्यवसायिक अवसर भएकोले कुनै पनि समयमा सो कम्पनीका उत्पादनहरु बजारमा आउनसक्ने सम्भावना त्यत्तिकै रहन्छ।

युरोपियन युनियनले शान्ताउ एण्ड के मेडिकल कम्पनीका उत्पादनहरु प्रयोग नगर्ने चेतावनी दिएपछि पोर्चुगलको सरकारले पनि आम नागरिकलाई सचेत गराएको हो।

जर्मन सरकारले यसघि नै शान्ताउ एन्ड के मेडिकल उपकरण कारखाना कम्पनीबाट उत्पादित क्लिनिकल प्रयोगका लागि मेडिकल उपकरणको बजार बिक्री गर्न र संग्रह गर्न प्रतिबन्ध लगाईसको छ।

यदि सो कम्पनीबाट उत्पादित मास्क पोर्चुगलमा फेला परेमा स्वस्थ्य महानिर्देशनालय, प्रहरी वा सम्बन्धित सरोकारवाला निकायमा खबर गर्न सरकारले आव्हान गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार