लिस्बन।
पोर्चुगलमा आफुले काम गरेको तलब माग्दा ७ जना नेपाली निर्घात कुटिएका छन्।
आफुले काम गरेको कृषि कम्पनीका मालिकसंग तलब माग्दा उल्टै पिटाई खाएको उनीहरुले गुनासो गरेका छन्।
कुटाईबाट उनीहरुको हात, गोडा, शरीर, पिठ्यु, ढाड, छाति, टाउको र औलामा चोट लाग्नुका साथै निलडाम भएका छन्।
पोर्चुगलको मोन्ते नोभो सेस्मरायस भन्ने ठाउमा उनीहरुमाथि कुटपिट भएको हो। रोजगार कम्पनीकातर्फबाट एक हुल आएका मान्छेहरुले उनीहरुमाथि कुटपिट गरेको एक पीडितले बताए।
ति पिडित नेपालीहरुले आफुलाई असुरक्षित ठानेपछि आफ्नो काम गर्ने स्थान छोडेर अहिले लिस्बनमा आएका छन्।