लिस्बनको आरोइस मार्केट नजिकै २९ बर्षे युवाको छुरा प्रहार गरि हत्या !

सिएम, लिस्बन।

लिस्बनको आरोइस मार्केट नजिकै २९ बर्षे युवाको छुरा प्रहार गरि हत्या भएको छ।

आज बुधबार बिहान एक क्याफे अगाडी केहि युवाहरु भनाभन र झगडा हुदा छुरा प्रहार गरि हत्या भएको लुसाले जनाएको छ।

पीएसपी प्रहरीका अनुसार घटना बिहान १०:५५ बजे एन्जेला पिन्तो स्ट्रिटमा रहेको एक क्याफे अगाडी भएको हो।

धेरै पटक छुरा प्रहारबाट ढलेका उनलाई घटनास्थलमै इमर्जेन्सी एनेम सेवाले उपचार गरेको थियो। तर धेरै पटक छुरा रोपिएका उनको घटनास्थलमै मृत्यु भयो।

छुरा प्रहार गर्ने व्यक्ति भाग्दै गर्दा एभिनेदा अल्मिरन्ते रेइसमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेकोले मृतक र छुरा प्रहार गर्ने व्यक्तिको बारेमा थप खुलासा गरेको छैन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार