सेफको लिस्बन एयरपोर्ट हिरासत केन्द्रमा कुटाईबाट एक आप्रवासीको मृत्यु भएपछि सेफ प्रमुखद्वारा राजिनामा, ३ सेफ अधिकारी बिरुद्द ज्यान मुद्धा दायर !

लिस्बन।

पोर्चुगलको अध्यागमन प्रहरी सेफको लिस्बन एयरपोर्टस्थित हिरासत केन्द्रमा एक आप्रवासीको मृत्यु भएपछि सेफका प्रमुखले राजिनामा दिएका छन्।

सेफको लिस्बन एयरपोर्टस्थित हिरासत केन्द्रमा राखिएका एक बिदेशी नागरिकको गत मार्चमा मृत्यु भएको थियो। घटनाको ९ महिनापछि कुटाईका कारण उनको मृत्यु भएको पुष्टि भएपछि सेफका प्रमुखले बुधबार राजिनामा दिएका छन्। ।

युक्रेनका नागरिक ओहोर होमेन्युक लिस्बन एयरपोर्टमा बिना भिषा पोर्चुगल छिर्न खोज्दा मार्चमा पक्राउ परेका थिए। पक्राउ परेका उनलाई सेफले युक्रेन फिर्ता पठाउन खोज्दा प्लेनमा बस्न नमानेपछि उनलाई एयरपोर्टको हिरासत केन्द्रमा राखिएको थियो, जहाँ उनको मृत्यु भयो।

उनको मृत्युको कारण कुटाईबाट भएको पुष्टि भएपछि उक्त घटनामा संलग्न ३ जना सेफका अधिकारीहरु बिरुद्ध ज्यानमुद्धा समेत लागेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार