– स्वास्थ्य ब्युरो।
फलफूल खानु स्वास्थ्यलाई लागि अत्यावश्यक कुरा हो । तर फल काटेर त्यत्तिकै राख्दा खैरो हुन थाल्छ अनि खान मन नलाग्ने हुन्छ । यहाँ हामी केही घरेलु टिप्स दिन्छौं जसलाई अपनाउनुभयो भने तपाईंले फललाई लामो समय ताजा राख्न सक्नुहुन्छ । यसो गर्दा फलको रंग पनि बदलिँदैन ।
१ कागतीको रस
कागतीको रसले फललाई खैरो हुन दिँदैन र ताजा राख्छ । फल काटेपछि तत्काल नखाने हो भने त्यसमा कागतीको रस दल्नुस् र त्यत्तिकै छोडिदिनुस् । फलको रंग परिवर्तन हुँदैन ।
२ प्लास्टिक
फल काटेपछि एउटा कचौरामा राख्नुस् । अनि कचौरालाई प्लास्टिकमा बेर्नुस् ।
३ एल्युमिनम पेपर
एल्युमिनम पेपरमा फललाई बेरेर पेपरमा साना प्वाल बनाउनुस् । यसले पनि फललाई ताजा राख्छ ।
४ फ्रिज
फललाई फ्रिजमा छोपेर राख्नुभयो भने पनि ताजा बस्छ । छोप्न किन लगाएको भने यसो गर्दा फ्रिजका अन्य खाद्य पदार्थको गन्ध फलमा सर्दैन अनि आफ्नो गन्ध पनि अरूमा सार्दैन ।