लिस्बन।
पोर्चुगलमा चालक अनुमतिपत्र ( लाइसेन्स ) बिना कार चलाउने एक व्यक्तिलाई ४ बर्ष जेल सजाय भएको छ।
एक ३५ बर्षीय पुरुषले बिना लाइसेन्स कार चलाईरहेको समयमा प्रहरीको चेकजांचमा रोकिनुको सट्टा उल्टै कार कुदाएर सात कोलोमिटरसम्म भागेका थिए।
चेकजाँचमा रोकिनुको सट्टा भागेपछि प्रहरीले कारमा लखेट्ने क्रममा प्रहरीको कारमा ठोक्किएर दुवै कार दुर्घटना भएको थियो। दुर्घटनापछि पनि ति व्यक्तिले आत्मसमर्पण नगरेर भाग्ने प्रयास गरेका थिए। प्रहरीले ५० मिटरसम्म लखेटेर उनलाई पक्राउ गरेको थियो।
पोर्तोमा गत अप्रिलमा २८ तारिख भएको उक्त घटनामा अदालतले ति व्यक्तिलाई १० हजार युरो क्षतिपूर्ति जरिवाना सहित ४ बर्षको जेल सजाय तोकेको छ। प्रहरीले ति व्यक्ति को हुन् भनि सम्पुर्ण बिवरण खुलाएको छैन।