सबिन धिताल, लिस्बन।
पोर्चुगल सरकारले कोरोना बिरुद्धको लडाईमा लगाउदै आएको स्वास्थ्य संकटकाल ७ जनवरी २०२१ सम्म लम्ब्याएको छ। यसघि लगाईएको दोश्रो चरणको संकटकाल नबिकरण गर्दै २३ डिसेम्बरसम्मका लागि लागु गरिएको थियो।
पोर्चुगलमा संकटकालको समय थपिएसंगै यसघि खुकुलो बनाउने भनिएको क्रिसमस र नयाँ बर्षमा झन् कडा नियम बनाईएको छ। प्रधानमन्त्री एन्तोनियो कोस्ताले हिजो एक पत्रकार सम्मेलन गर्दै संकटकाल थपिएको र क्रिसमस र नयाँ बर्षमा झन् कडाइ गरिएको जानकारी दिएका हुन्।
यो पढ्न छुट्यो कि ?
सरकारले नयाँ बर्षको पूर्वसन्ध्या ३१ डिसेम्बरमा राति ११ बजेपछि कर्फ्यु लगाएको छ। त्यस्तै जनवरी १ देखि ३ तारिखसम्म दिउसो १ बजेदेखि कर्फ्यु लगाईएको छ। यसघि सरकारले कोरोनाको उच्च जोखिम भएका नगरपालिकाहरुमा मात्रै कर्फ्यु लगाउदै आएकोमा यसपटकको कर्फ्यु देशभर लागु हुने प्रधानमन्त्री कोस्ताले बताएका छन्।
रेस्टुरेन्ट व्यवसाय नयाँ बर्षको पूर्वसन्ध्या ३१ डिसेम्बरमा राति १०:३० बजेसम्म सेवा दिन सक्नेछन। जनवरी १ देखि ३ तारिखसम्म रेस्टुरेन्ट व्यवसाय दिउसो १ बजेसम्म मात्रै खुल्ला रहनेछन, तर डेलिभरी सेवा भने दिनैभर निरन्तर दिन सक्नेछन।
प्रधानमन्त्री कोस्ताले भने , ” नागरिकहरुले संकटकाल कानुनको पालना गर्नाले हामी कोरोनाको संक्रमणलाई निरन्तर नियन्त्रण गर्न सफल भएका छौ। संक्रमणदर नियन्त्रण भएसंगै अबका केही दिनमा मृत्यदर पनि घट्दै जानेछ। नागरिकहरुले अपनाएको सावधानी र देखाएको सचेतताको निम्ति सरकार आभारी छ। ”
क्रिसमसको समयमा डिसेम्बर २३, २४ र २५ तारिख आम नागरिक खुला र निर्वाध रुपमा यात्रा र आवतजावत गर्न सक्नेछन।