पोर्चुगलमा विधुतीय कारमा आगो लाग्दा प्रेमीको मृत्यु, प्रेमिका घाइते !

लिस्बन।

पोर्चुगलमा एक विधुतीय कारमा आगो लाग्दा प्रेमीको मृत्यु भएको छ भने प्रेमिका घाइते भएकी छिन्।

सन्तो फ़ेल्गुएइरसमा विधुतीय कारमा भएको आगलागीमा ३५ बर्षीय युवाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार राति करिब ९ बजे भएको उक्त दुर्घटनामा कार जलेर पूर्ण नष्ट भएको छ। उक्त कार एउटा घरमा ठोक्किएर दुर्घटना हुदा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

मृतककी प्रेमिका उनको कारलाई पछ्याउदै पछाडी अर्को कारमा रहेको र उक्त कार पनि दुर्घटना उनि पनि घाइते भएकी थिईन्।

घटनास्थलमा उद्धार र उपचारका लागि आकस्मिक सेवाका ५ गाडी सहित ११ अप्रेशन इकाईहरु तैनाथ रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार