एक बर्षमै एक लाख २० हजार आप्रवासीलाई पोर्तुगाली नागरिकता प्रदान !

लिस्बन।

एक बर्षमै एक लाख २० हजार आप्रवासीहरुलाई पोर्तुगाली नागरिकता दिईएको सेफले जनाएको छ।

सो तथ्यांक पोर्चुगल बसोबास गरिरहेका र सन् २०१९ मा यहाको नागरिकता पाउने आप्रवासीहरुको हो।

पोर्तुगाली नागरिकता प्राप्त गर्ने आप्रवासीहरुमा ब्राजिलियन सबैभन्दा बढी छन्। त्यसपछि केप वेर्द र युक्रेनका नागरिक रहेका छन्।

पछिल्लो ५ बर्षमा मात्रै ५ लाख बढी आप्रवासीहरुले पोर्चुगलको नागरिकता प्राप्त गरेको सेफले जनाएको छ।

खुकुलो अप्रवासी नीतिका कारण पछिल्लो समयमा पोर्चुगल युरोपको सबैभन्दा बढी रोजाईको गन्तब्य बनेको छ। यद्यपी पोर्चुगलमा आप्रवासीहरुले गर्ने संघर्ष, पिडा र अभाव पनि त्यत्तिकै छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार