सेफको नयाँ निर्देशकमा पूर्व जीएनआर सैन्य कमाण्डर बोतेल्हो मिगेल नियुक्त !

लिस्बन।

पोर्चुगलको अघ्यागमन प्रहरी सेफको नयाँ निर्देशकमा बोतेल्हो मिगेल नियुक्त भएका छन्। मिगेल जीएनआर सैनिकका पूर्व कमाण्डर जेनेरल हुन्।

आन्तरिक प्रशासन मन्त्रालयले सेफको नयाँ निर्देशकमा मिगेललाई नियुक्त गरेको जानकारी दिएको हो।

लिस्बन एयरपोर्टस्थित् सेफको डिटेन्सन सेन्टरमा एक युक्रेनी नागरिकको मृत्यु भएपछि सेफका निर्देशकले आफ्नो पदबाट राजिनामा दिएका थिए। सो घटनामा संलग्न सेफका ३ अधिकारीलाई हत्या अभियोगमा पक्राउ गरि मुद्धा चलाईएको छ।

सेफको निर्देशकको पद रिक्त भएपछि प्रधानमन्त्री एन्तोनियो कोस्ता र आन्तरिक प्रशासनमन्त्री एदुअर्दो कब्रिताले मिलेललाई सेफको नयाँ निर्देशकमा नियुक्त गरेका हुन्।

सेफको नयाँ निर्देशकमा नियुक्त भएका मिगेल लिस्बनमा जन्मिएका हुन्। उनले सैन्य बिज्ञान र निर्णायक व्यवस्था इन्जिनीयरिङ्मा स्नाकोत्तर गरेका छन्।

उनीसंग सन् २०१० र २०२० को बिचमा जीएनआर सैनिकमा विभिन्न कमाण्ड पोष्टमा सेवा गरिसकेको अनुभव छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार