लिस्बन।
पोर्चुगलको राजधानी लिस्बनमा अपराध बढ्न थालेपछि शहरको थप २१६ ठाउँमा सिसिटिभी जडान गरिने भएको छ।
राजधानी लिस्बनको प्रमुख १६ क्षेत्रमा सिसिटिभी जडान गरिने तथ्यांक संरक्षण विभागले जनाएको छ।
सिसिटिभी जडानबाट रेकर्ड गरिएका दृष्यहरु व्यक्तिगत तथ्यांक संरक्षण ऐन अनुसार राखिने विभागले जनाएको छ।
सिसिटिभी जडानबाट शहरको प्रमुख स्थानहरुको गतिबिधि नियाल्न सकिने र त्यसले सुरक्षा व्यवस्थापनमा सहजता र अपराध न्यूनीकरणमा सहयोग पुग्ने बिश्वास गरिएको छ।