लिस्बनको एक घरमा बिस्फोट हुदा आगलागी र भवन ढल्यो : ५ जना घाइते, २ बेपत्ता

लिस्बन।

पोर्चुगलको राजधानी लिस्बनको केन्द्रमै एउटा आवासीय भवनमा बिस्फोट हुदा आगलागी हुनुका साथै उक्त भवन ढलेको छ।

सो घटनामा कम्तिमा ५ जना घाइते भएका छन् भने २ जना अझै भवनको भग्नावशेषमा हराईरहेका छन्।

आज आइतबार बिहान करिब ८ बजेतिर रुवा दे सान्ता मार्तामा भएको सो घटना ग्यास चुहावटबाट भएको हुनसक्ने उद्धारमा खटिएका अधिकारीहरुले बताएका छन्।

भग्नावशेषमा हराईरहेका २ जनाको खोजि र उद्धार गर्न बिशेष टोली खटाइएको प्रहरीले जनाएको छ।

बिस्फोटबाट संगै रहेको अर्को भवनमा समेत क्षति भएर ढल्ने अवस्थामा भएकोले उद्धारमा थप कठिनाइ भएको फायर फाइटरहरुले बताएका छन्।

घटनामा घाइते भएका ५ जनामध्ये एकको अवस्था चिन्ताजनक रहेको काउन्सिलर कार्लोस क्यास्ट्रोले बताएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार