बेलायतबाट पोर्चुगल आउने यात्रुहरुमाथि प्रतिबन्ध !

लिस्बन।

बेलायतबाट पोर्चुगल आउने यात्रुहरुमाथि प्रतिबन्ध लगाईएको छ।

बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुप देखिएर तिब्र गतिमा सर्न थालेपछि पोर्चुगल सरकारले बेलायतबाट पोर्चुगलमा हवाई यात्रा गरि आउने यात्रुहरुलाई प्रतिबन्ध लगाएको हो। यो नियम हिजो २१ डिसेम्बरबाट नै लागु गरिएको छ।

पोर्चुगल कानुनी रुपमा बसोबास गरिरहेका यात्रुहरुको हकमा भने यो नियम लागु हुनेछैन तर पोर्चुगलमा पुग्दा यात्रुहरुले कोरोना नेगेटिभ परिक्षण रिपोर्ट पेश गर्नुपर्नेछ।

कोरोना नेगेटिभ परिक्षण रिपोर्ट नहुने यात्रुहरुको एयरपोर्टमै परिक्षण गरिने र उनीहरुले अनिवार्य आइसोलेशनमा बस्नुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पोर्चुगल र युरोपियन युनियन लगायत विश्वका ४० देशहरुले बेलायतबाट आउने यात्रुहरुमा प्रतिबन्ध लगाएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार