लिस्बन।
युरोपकै एक प्रसिद्ध फुटबल क्लब बेन्फिका’का खेलाडी पिज्जी कोरोना संक्रमित भएका छन्।
क्लबका डिरेक्टर तिआगो पिन्तोलाई कोरोना संक्रमण भए लगत्तै पिज्जीलाई पनि संक्रमण भएको हो।
कोरोना संक्रमण पश्चात पिज्जी पोर्तो फुटबल क्लब बिरुद्धको सुपर कप खेल खेल्नबाट बन्चित हुनेछन।
पिज्जीलाई कोरोना संक्रमण भएको आज मात्रै बेन्फिका क्लबले जानकारी दिएको हो।
कोरोना संक्रमण पश्चात डिरेक्टर पिन्तो र फुटबलर पिज्जी लिस्बन फर्किएका छन्। अहिले दुबैजना आइसोलेशनमा छन्।