पोर्चुगलमा तलब बढ्यो : १ जनवरीबाट न्युनतम तलव ६६५ युरो !

लिस्बन।

पोर्चुगल सरकारले न्युनतम मासिक तलबमा वृद्धि गरेको छ।

आज मंगलबार राष्ट्रिय न्यूनतम तलबलाई सरकारले ६६५ यूरो अनुमोदन गरेको छ ।

यो साबिकको तलबमा ३० युरोले बढी हो। नयाँ न्युनतम तलब १ जनवरी २०२१ देखि लागू हुनेछ।

आज मन्त्रिपरिषदको बैठकमा उक्त घोषणा मन्त्री मारियाना भियरा डा सिल्भा र सामाजिक सुरक्षा राज्य सचिवले गरेका थिए।

प्रधानमन्त्री एन्तोनियो कोस्ताको कार्यकालमा यो दोश्रो ठुलो तलब वृद्धि हो।

कोस्ताले सन् २०२३ सम्ममा न्युनतम तलब ७५० युरो पुर्याउने लक्ष्य लिएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार