लिस्बन।
पोर्चुगलको सेइक्सलमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने दुई जीएनआर प्रहरी घाइते भएका छन्।
आज मंगलबार दिउसो भएको सो एउटा हाइपर मार्केट अगाडी भएको हो।
गिरफ्तार आदेश भएका एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि अन्धाधुन्ध गोली चलाउदा दुई जना जीएनआर प्रहरी घाइते भएका हुन्।
गोली प्रहारबाट एक जीएनआर सैनिकको पेटमा गोली लागेको छ भने अर्कोको खुट्टामा गोली लागेको छ।
यो पनि पढ्नुहोस् !
लिस्बनको अमादोरामा गोली चल्यो, १७ बर्षे युवाको छात्तिमै गोली प्रहार !
प्रहरीले आत्मरक्षाका लागि संदिग्धमाथि गोली चलाउदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
पेटमा गोली लागेका जीएनआर प्रहरीको अवस्था अवस्था चिन्ताजनक रहेको छ।
घटनास्थलमा ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ। न्यायिक प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
घटनापश्चात् सेइक्सल र बरेइरो जोड्ने सडक अवरुद्ध भएको छ।