क्रिसमस र अंग्रेजी नयाँ बर्षमा लिस्बनस्थित नेपाली अवैतनिक महाबाणिज्यदुतको कार्यालयमा यी ४ दिन सेवा बन्द !

लिस्बन।

लिस्बनस्थित नेपाली अवैतनिक महाबाणिज्यदुतको कार्यालय क्रिसमस र अंग्रेजी नयाँ बर्षमा बन्द रहने जनाएको छ।

महाबाणिज्यदुतको कार्यालयले एक सूचना जारि गर्दै क्रिसमसको अवसरमा २४ र २५ डिसेम्बर तथा अंग्रेजी नयाँ बर्षको अवसरमा ३१ डिसेम्बर र १ जनवरीमा कार्यालय बन्द रहने बताएको हो।

उक्त चार दिन महाबाणिज्यदुतको कार्यालय बन्द रहने भएकोले सम्पूर्ण सेवाहरु समेत बन्द रहनेछन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार