पोर्चुगलमा नयाँ नियम : क्रिसमस खुकुलो, नयाँ बर्षमा देशैभर कर्फ्यु !

सुरेश जोशी, पोर्चुगल ।

कोरोना संक्रमितको संख्या बढेसंगै र युरोपमा भाइरसको नयाँ प्रकृति देखापरेपछि पोर्चुगल सरकारले खुकुलो गर्ने भनिएको क्रिसमस र नयाँ बर्षको नियममा व्यापक हेरफेर गरेको छ।

क्रिसमस केही खुकुलो बनाइएको छ भने नयाँ बर्षमा देशभर नै कडा कर्फ्यु लगाईएको छ। देशभर नै कर्फ्यु लागेको यो पहिलोपटक हो।

नयाँ बर्ष : के भयो नियम परिवर्तन ?

नयाँ बर्षको पुर्वसन्ध्यामा ३१ डिसेम्बरको राति ११ बजेदेखि १ तारिख बिहान ५ बजेसम्मका लागि देशभर नै कर्फ्यु लगाईएको छ। पोर्चुगलभरी नै कर्फ्यु लगाईएको यो पहिलोपटक हो। यसघि कोरोनाको उच्च जोखिम भएका नगरपालिकाहरुमा मात्रै कर्फ्यु लगाईएको थियो।

त्यस्तै नयाँ बर्षमा जनवरी १, २ र ३ तारिख दिउसो १ बजेदेखि अर्को दिनको बिहान ५ बजेसम्मका लागि कर्फ्यु लगाईएको छ। कर्फ्यु लगाईएका उक्त दिन र समयमा निजि यातायातका सबै साधन समेत बन्द रहनेछन।

त्यस्तै ३१ डिसेम्बरको मध्यरातिबाट ४ जनवरीको बिहान ५ बजेसम्म एक नगरपालिकाबाट अर्को नगरपालिकमा आवतजावत गर्न पाईने छैन। तर स्वास्थ्य, भैपरीआउने अत्यावश्यक काम र कल्पना बाहिरका घटनामा यो नियमले छेकवार गर्ने छैन।

” हामीले यसघि नयाँ बर्ष खुकुलो गर्ने भनिएको कानुन र उत्सवमा पुरै कटौती गरेका छौ, युरोपमा कोरोनाको स्वरुप परिवर्तन र त्यसले पोर्चुगलमा पार्न सक्ने असरलाई मध्यनजर गर्दै सरकारले यो निर्णय गरेको हो। ” प्रधानमन्त्री एन्तोनियो कोस्ताले भने।

रेस्टुरेन्ट व्यवसाय खुल्ने समय :

रेस्टुरेन्ट व्यवसायहरु ३१ डिसेम्बरमा राति १०:३० बजेसम्म बन्द गरिसक्नुपर्नेछ। जनवरी १, २, र ३ तारिखमा रेस्टुरेन्ट दिउसो १ बजेसम्म मात्रै खुल्ला रहन सक्नेछन। होम डेलिभरी सेवा भने आफ्नो नियमित समयसम्म सुचारु गर्न सक्नेछन।

क्रिसमसको पूर्वसन्ध्या २४ डिसेम्बर र क्रिसमस दिवस २५ डिसेम्बरमा एक नगरपालिकाबाट अर्को नगरपालिकमा आवतजावत गर्न सकिनेछ र सडकमा बिहान २ बजेसम्म हिडडुल गर्न छुट छ।

आफु बस्ने बिशेष नगरपालिकामा लागू गरिएका बिशेष नियम हेर्न लागि यहाँ क्लिक गर्नुहोस्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार