सबिन धिताल, लिस्बन।
पोर्चुगलमा थप ३ महिनासम्म मास्कको प्रयोग अनिवार्य गरिएको छ। सार्वजनिक स्थानहरुमा थप ३ महिना मास्कको अनिवार्य प्रयोग गर्न पीएसडी पार्टीले ल्याएको बिधेयक हिजो संसदमा बहुमतले अनुमोदन भएको हो।
यसअघि सार्वजनिक स्थानहरुमा मास्कको अनिवार्य प्रयोगको स्वास्थ्य संकट कानुन २८ अक्टोबरबाट लागु गरिएको थियो। उक्त कानुन ५ जनवरीमा अन्त्य हुदैछ।
सार्वजनिक स्थानहरुमा मास्कको अनिवार्य प्रयोग कानुन संसदबाट अनुमोदन भएसंगै अब पोर्चुगलमा अप्रिल ५ सम्म घरबाहिर सार्वजनिक स्थानहरुमा सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ।
यो नियम उल्लङ्घन गर्नेलाई सुरक्षा अधिकारीहरुले कम्तिमा १०० युरोदेखी बढीमा ५०० युरोसम्म जरिवाना गर्न सक्नेछन।