फ्रान्स, स्पेन, पोर्चुगल, ग्रीस र मोनाको मा बिभिन्न व्यबसाय गरी बसोवास गरी बस्नु भएका नेपाली नागरिकहरुको राहदानीको म्याद ६ महिनाभन्दा कम भएमा वा म्याद सकिएमा आबश्यक कागजातहरु तथा तोकिएको शुल्क राजदुतावासमा बुझाएपछि नयां मेशिन रिडेबल राहदानी (MRP) को लागि सिफारिससाथ केन्द्रीय राहदानी कार्यालय, काठमाण्डौमा पठाइने र राहदानी प्राप्त भएपछि सम्बन्धितलाइ बुझाइनेछ ।
राहदानीका लागि निवेदन दिँदा पेश गर्नु पर्ने कागजपत्रहरु
– रितपूर्वक भरिएको दरखास्त फाराम २ प्रति ।
– नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सोको एक प्रति प्रतिलिपि।
– पुरानो राहदानी वा सोको प्रतिलिपि।
– ६ महिनाभित्र खिचेको तल उल्लिखित विवरणअनुसारको रङ्गीन फोटो ३ प्रति।
– मेशिन रिडेबल राहदानी (MRP) दस्तूरवापत युरो १२० को Postal Draft वा राजदूताबासमा युरो १२० दस्तुर तिरेको रसिद ।
– नेपाली बाबुका विदेशमा जन्मेका छोरा छोरीलाइ पहिलो पटक राहदानी जारी गर्दा जन्म प्रमाणपत्र ( Birth Certificate) र बाबुको नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको प्रतिलिपि।
– मेशिन रिडेबल राहदानी ( MRP ) का लागि निवेदकले पेश गर्नु पर्ने फोटो सम्बन्धी विवरण कार्यालयको वेवसाइट http://nepalpassport.gov.np/ मा राखिएको छ । – उक्त विवरणमा उल्लेखित मापदण्ड पुग्ने फोटो मात्र MRP का लगि गाह्य हुने हुँदा फोटोको मापदण्ड देहाय बमोजिम भएको जानकारी गराइन्छ ।
राहदानी वा यात्रा अनुमतिपत्रको लागि संलग्न गर्नुपर्ने फोटोको विवरण
– फोटोः ६ महिना भित्र खिचेको रंगिन ।
– आकारः ४५ मि.मी. ह ३५ मि.मी. -४.५ से.मी. ह ३.५ से.मी.) ।
– पृष्ठभूमिः सादा र हलुका रंग ।
– अवस्थिति (Pose): पूर्ण रुपमा अगाडि फर्केको, दुवै कानदेखिने, आंखाले क्यामेरा हेरेको, टाउको पूरा र काँधको केही भाग देखिने, छायां Shadow) नदेखिने, रातो आंखा – (Red eye) नभएको, साथमा अरु व्यक्ति नभएको, मुख बन्द भएको, चहकिलो रंगको लुगा नलगाएको ।
– स्वरुप (Image) को स्थिति अनुहारले ७० देखि ८० प्रतिशतसम्मफोटो ढाकेको ।
– गुणस्तर प्रष्ट (Sharp focused), उच्च गुणस्तरको, नखुम्चिएको, मसी वा दाग धब्बा नलागेको, स्तरीय कागजमा तथा उच्च Resolution मा छापिएको ।
– चश्मा प्रयोग गर्नु पर्ने भएमा :आंखा प्रष्ट देखिने, मसिनोफ्रेम, प्रकाश परावर्तन (Reflection) नभएको तथा शिशा रंगीन नभएको ।
– शिर पोशविशेष धार्मिक, सांस्कृतिक एवं स्वास्थ्य सम्वन्धी कारण वाहेक टाउको खुला हुनुपर्ने ।
– राहदानी हराइ मेशिन रिडेबल राहदानी (MRP) जारी गर्ने सम्बन्धमा
कुनै नेपाली नागरिकले राहदानी बिदेशमा हराइ मेशिन रिडेबल राहदानी (MRP) लागि यस राजदूताबासमा निवदेन पर्न आएमा त्यस्तो हराएको राहदानीको नम्बर र जसको नाममा राहदानी जारी गरिएको हो सो विवरण खुलाइ हराएको राहदानी रद्द गरिएको सूचना केन्द्रिय राहदानी कार्यालय, काठमाण्डौमा र राहदानी हराएको देशको अध्यागमन (Immigration office) कार्यालय तथा सो देशको परराष्ट्र मन्त्रालय वा राजदूताबासलाइ जानकारी दिएपछि मात्र नयाँ राहदानीको लागि सिफरिस गरिनेछ ।
राहदानी हराइ मेशिन रिडेबल राहदानी (MRP) लागि निवेदन दिँदा पेश गर्नु पर्ने कागजपत्रहरु
– रितपूर्वक भरिएको दरखास्त फाराम २ प्रति ।
– नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सोको एक प्रतिप्रतिलिपि।
– पुरानो राहदानीको प्रतिलिपि।
– प्रहरी प्रतिवेदन । तर यसरी हराएको राहदानीको म्याद समाप्त भइसकेको भए निवेदकले प्रहरी प्रतिवेदन पेश गर्नुपर्नेछैन ।
– ६ महिनाभित्र खिचेको माथि उल्लिखित विवरणअनुसारको रङ्गीन फोटो ४ प्रति।
– मेशिन रिडेबल राहदानी (MRP) दस्तूरवापत युरो २४० को Postal Draft वा राजदूताबासमा युरो २४० दस्तुर तिरेको रसिद।