पोर्चुगलका राष्ट्रपति मार्सेलोले नयाँ बर्षको शुभकामना संदेश नदिने !

लिस्बन।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले देशवासीका नाममा नयाँ बर्षको शुभकामना संदेश नदिने भएका छन्।

हरेक बर्ष परम्परागत रुपमा राष्ट्रपतिले नयाँ बर्षको शुभकामना संदेश दिदै देशवासीको नाममा सम्बोधन गर्ने परम्पारा थियो। जनवरी २४ तारिख हुने राष्ट्रपतिय निर्वाचनमा मार्सेलोले पनि दोश्रो कार्यकालका लागि उम्मेदवारी दिएकाले देशवासीका नाममा सम्बोधन गर्दा त्यसले निर्वाचनमा प्रभाव पर्नसक्ने र अन्य उम्मेदवारहरु माथि अन्याय हुने भन्दै राष्ट्रपतिले त्यस्तो निर्णय गरेका हुन्।

मार्सेलो राष्ट्रपति निर्वाचनका अन्य उम्मेदवारहरुसंग नयाँ बर्ष लगत्तै बहस कार्यक्रममा सरिक हुने भएकोले पनि देशवासीका नाममा सम्बोधन नगर्ने बताएका छन्।

पोर्चुगलमा टेलिभिजन संचारको आगमनसंगै सन् १९७६ देखि नै राष्ट्रपतिले जनवरी १ मा नयाँ बर्षमा शुभकामना संदेश सहित देशवासीका नाममा सम्बोधन गर्ने परम्पारा रहेको छ। राष्ट्रपति मार्सेलोले ७ डिसेम्बरमा आगामी हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिएपछि निर्वाचन प्रक्रियामा कुनै पनि किसिमको प्रभाव नपरोस् भन्दै निर्वाचनसम्म देशवासीको नाममा कुनै पनि सम्बोधन नगर्ने निर्णय गरेका हुन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार