लिस्बन।
अल्मदाको एक आवासिय भवनमा आगलागी हुदा २ जना घाइते भएका छन्।
आज शुक्रबार दिउसो करिब २:३० बजेतिर सो भवनमा आगो लागेको थियो।
उक्त आवासिय भवनको पहिलो तल्लामा शुरु भएको आगो पुरै भवनमा सल्किएको हो।
सो भवनको दोश्रो र तेश्रो तल्लमा बस्ने अन्य मानिसहरुलाई छिमेकीहरुले उद्धार निकालेका थिए , तर दोश्रो तल्लामा बस्ने एक जोडी दम्पतीले निकै मात्रामा धुवा खाइसकेकले उनीहरु घाइते भएको प्रहरीले जनाएको छ।
सो भवनमा लागेको आगो निभाउन र उद्धारका लागि अग्नि नियन्त्रक र एमेर्जेन्सि सेवाका १३ गाडी सहित ३७ समूह लागिपरेका छन्। यो समाचार तयार पार्दासम्म आगो निभाउने प्रयास भईरहेको छ।