लिस्बन।
लिस्बनमा एम्बुलेन्स र कार एक-आपसमा ठोक्किदा एक जना घाइते भएका छन्।
अलमेदामा ट्राफिक सडक क्रसिंगमा भएको सो दुर्घटनामा बिपरित दिशाबाट आईरहेको कार र एम्बुलेन्स एक आपसमा ठोक्किदै कारले ट्राफिक बत्ति र पोललाई समेत क्षति पुर्याएको छ।
घटनामा कारमा सवार एक व्यक्ति सामान्य घाइते भएका छन्।
दुर्घटना पश्चात उक्त स्थानमा सवारी आवागमन अवरुद्द भएको छ।