भीओएन, मदेइरा।
पोर्चुगलको मदेइरा टापुमा हुरी, असिनापानी सहितको भारी बर्षाका कारण बाढी आएको छ।
बाढीबाट प्रभावित कम्तिमा पनि २७ जनाको उद्धार गरि सुरक्षित सारिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।
आज शुक्रवार क्रिसमस दिवसको दिनमा मौसममा आएको खराबीका कारण आएको बाढीले कयौ घरहरुमा क्षति पुगेको छ। सडकहरु अवरुद्ध भएका छन्।
अहिलेसम्म कोही पनि हताहत भएको खबर छैन। सुरक्षा अधिकारीहरु सम्भावित खतरा भएका क्षेत्रमा उद्धारका लागि तैनाथ गरिएका छन्।
सुरक्षा अधिकारीहरुका अनुसार केही गाडीहरु बाढीले बगाएर लागेको तर मानविय क्षति नभएको खबर छ।
बर्षा र बाढीका कारण बॉवेन्तुरा र पोन्ता देल्गादा जोड्ने सुरुङ्गमार्गमा फसेका ८ जनाको सुरक्षा अधिकारीहरुले उद्धार गरेका छन्।